एजेन्सी । उत्तर कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेको बेलायत, अमेरिका र दक्षिण कोरियाले आरोप लगाएका छन् ।
उत्तरकोरियाको सैन्य तथा परमाणु कार्यक्रमको महत्वकांक्षालाई अघि बढाउन त्यहाँको सरकारकै लगानी र संरक्षणमा ह्याकरहरुले रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूबाट सूचना चोर्न बारम्बार प्रयास गरेका अमेरिका, बेलायत र दक्षिण कोरियाले आरोप लगाएका हु्न ।
एन्डेरिअल एन्ड ओनिक्स स्लीट नामले चिनिने एउटा उत्तर कोरियाली ह्याकरहरुको समूहले विश्वभरिका सरकार तथा निजी कम्पनीलाई निसाना बनाइरहेको उनीहरुको दाबी छ । जासुसी र रकम आर्जन गर्ने दुवै उद्देश्यलाई संयोजन गरेर हुने त्यस्तो साइबर आक्रमणले संवेदनशील प्रविधि तथा दैनिक जीवन दुवैमा प्रभाव पार्ने पनि विज्ञप्तीमा भनिएको छ ।
उत्तर कोरियाली ह्याकरहरुले विभिन्न संस्थाहरुलाई ह्याकिङ गरेर फिरौती रकम माग गर्ने गरेका यस अघि नै आरोप लाग्दै आएको छ ।
उत्तर कोरियाली समूहले पछिल्लो समय यूरेनिअम सम्वर्धनदेखि ट्याङ्क, पनडुब्बी तथा पानीजहाजमा आक्रमण गर्न पानीभित्र प्रहार गरिने बमसम्मका जानकारी लिन खोजिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ह्याकरको यो समूहले बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान, भारतसहित कैयौँ देशलाई निसानामा पार्न खोजेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...
काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। शुक्रबार ओभल अफिसमा...
एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले...
काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी...