भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

उत्तर कोरियाले सूचना चोर्न प्रयास गरेको अमेरिका, बेलायत र दक्षिण कोरियाको आरोप

उत्तर कोरियाले सूचना चोर्न प्रयास गरेको अमेरिका, बेलायत र दक्षिण कोरियाको आरोप

एजेन्सी । उत्तर कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेको बेलायत, अमेरिका र दक्षिण कोरियाले आरोप लगाएका छन् ।

उत्तरकोरियाको सैन्य तथा परमाणु कार्यक्रमको महत्वकांक्षालाई अघि बढाउन त्यहाँको सरकारकै लगानी र संरक्षणमा ह्याकरहरुले रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूबाट सूचना चोर्न बारम्बार प्रयास गरेका अमेरिका, बेलायत र दक्षिण कोरियाले आरोप लगाएका हु्न ।

एन्डेरिअल एन्ड ओनिक्स स्लीट नामले चिनिने एउटा उत्तर कोरियाली ह्याकरहरुको समूहले विश्वभरिका सरकार तथा निजी कम्पनीलाई निसाना बनाइरहेको उनीहरुको दाबी छ । जासुसी र रकम आर्जन गर्ने दुवै उद्देश्यलाई संयोजन गरेर हुने त्यस्तो साइबर आक्रमणले संवेदनशील प्रविधि तथा दैनिक जीवन दुवैमा प्रभाव पार्ने पनि विज्ञप्तीमा भनिएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले विभिन्न संस्थाहरुलाई ह्याकिङ गरेर फिरौती रकम माग गर्ने गरेका यस अघि नै आरोप लाग्दै आएको छ ।
उत्तर कोरियाली समूहले पछिल्लो समय यूरेनिअम सम्वर्धनदेखि ट्याङ्क, पनडुब्बी तथा पानीजहाजमा आक्रमण गर्न पानीभित्र प्रहार गरिने बमसम्मका जानकारी लिन खोजिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ह्याकरको यो समूहले बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान, भारतसहित कैयौँ देशलाई निसानामा पार्न खोजेको छ ।

 


Thali Mobile Pvt.Ltd.