काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्।
उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुस लैजाने गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
रूसमा मारिएका इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तान पनि यूएई हुँदै रूसी सेनामा भर्ती हुन गएको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । नेपाली युवालाई रुस लैजाने कार्यमा संलग्न रहेको आरोपमा महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा, ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पक्राउ परेका हुन् ।
रुसमा लैजान १२ लाख रुपैयाँसम्म लिएको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाएको पाइएको प्रहरीले जनाएको छ ।
भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोट पठाए लगत्तै काठमाडौं प्रहरीले अपरेशन चलाएर गिरोहलाई समातेको हो ।
युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको पाइएको हो । यद्यपि, कति नेपाली युवा रुस पुगे भन्ने स्पष्ट तथ्याङ्क छैन ।
नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्वप्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेकाहरु छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई...
भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका...
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने...