भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्।

उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुस लैजाने गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

रूसमा मारिएका इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तान पनि यूएई हुँदै रूसी सेनामा भर्ती हुन गएको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । नेपाली युवालाई रुस लैजाने कार्यमा संलग्न रहेको आरोपमा महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा, ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पक्राउ परेका हुन् ।

रुसमा लैजान १२ लाख रुपैयाँसम्म लिएको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाएको पाइएको प्रहरीले जनाएको छ ।

भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोट पठाए लगत्तै काठमाडौं प्रहरीले अपरेशन चलाएर गिरोहलाई समातेको हो ।

युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको पाइएको हो । यद्यपि, कति नेपाली युवा रुस पुगे भन्ने स्पष्ट तथ्याङ्क छैन ।

नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्वप्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेकाहरु छन् ।

 


Thali Mobile Pvt.Ltd.