भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अल नासर र इस्तिकोलको खेले बराबरी

अल नासर र इस्तिकोलको खेले बराबरी

काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् ।

गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

नासरका अब्दुलरहमान घारिब र इस्तिकोलका अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले टोलीलाई अग्रता दिलाएको भए पनि यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो ।

खेलको ५०औँ मिनेटमा अल नासरका घारिबले गोल गर्दै टोलीलाई हार हुनबाट जोगाए । यो खेलको बराबरीसँगै अल नासर ६ खेलबाट १४ अंकसहित शीर्षस्थानमा यथावत छ ।

३ अंक रहेको इस्तिकोल समूह तालिकाको पुछारमा छ । दोस्रो स्थानमा रहेको पर्सेपोलिसको ८ अंक छ ।

 


Thali Mobile Pvt.Ltd.