भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अल नासर र इस्तिकोलको खेले बराबरी

अल नासर र इस्तिकोलको खेले बराबरी

काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् ।

गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

नासरका अब्दुलरहमान घारिब र इस्तिकोलका अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले टोलीलाई अग्रता दिलाएको भए पनि यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो ।

खेलको ५०औँ मिनेटमा अल नासरका घारिबले गोल गर्दै टोलीलाई हार हुनबाट जोगाए । यो खेलको बराबरीसँगै अल नासर ६ खेलबाट १४ अंकसहित शीर्षस्थानमा यथावत छ ।

३ अंक रहेको इस्तिकोल समूह तालिकाको पुछारमा छ । दोस्रो स्थानमा रहेको पर्सेपोलिसको ८ अंक छ ।

 


Thali Mobile Pvt.Ltd.