भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

रुसी तेल खरिद गरे भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ: अमेरिकाको चेतावनी

रुसी तेल खरिद गरे भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ: अमेरिकाको चेतावनी

एजेन्सी | कैलाश खबर, १८ जेठ ।  रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल उत्पादनहरू किन्ने देशहरूलाई ५०० प्रतिशतसम्म ट्यारिफ (कर) लगाउने चेतावनी अमेरिकाले दिएको छ । यसमा विशेषतः भारत र चीन जस्ता मुलुकहरूलाई लक्षित गरिएको हो ।

अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले युक्रेनको राजधानी कीभमा पत्रकारहरूसँग कुरा गर्दै, भारत र चीनले रुसबाट सस्तो तेल खरिद गरेर अप्रत्यक्ष रूपमा युक्रेनमाथि भएको युद्धलाई सहयोग गरिरहेको बताएका छन् । उनका अनुसार यी दुई देशले रुसको ७० प्रतिशत तेल किनिरहेका छन् ।

अमेरिकाको कडा धारणा:

  • यदि रुसले युक्रेनसँग शान्ति वार्ता नगरे,  उसमाथि प्रत्यक्ष ५००% ट्यारिफ लगाइनेछ ।

  • यस्तै, रुसबाट तेल, ग्यास, युरेनियम वा पेट्रोकेमिकल खरिद गर्ने देशहरूलाई पनि त्यस्तै दरमा ट्यारिफ लगाउने प्रस्ताव अमेरिकी सिनेटमा ल्याउने तयारी भइरहेको छ ।

रुसले हालै भारत, चीन र रूस मिलेर आरआईसी त्रिकोणीय सहकार्य पुनःसक्रिय गर्ने प्रस्ताव अघि सारेको छ । यस्तो संवेदनशील समयमा अमेरिकी सिनेटरहरूको यो धारणा सार्वजनिक हुनु, रुसी मित्र राष्ट्रहरूलाई चेतावनी दिने संकेतका रूपमा हेरिएको छ । यदि अमेरिका यस्तो उच्च ट्यारिफ लागू गर्छ भने, भारत र चीनमा इन्धनको मूल्यवृद्धि, आपूर्ति संकट, तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा तनाव आउनसक्ने विश्लेषकहरू बताउँछन् ।

अमेरिकाले रुसमाथि आर्थिक र कूटनीतिक दबाब बढाउने क्रम जारी राखेको छ । आगामी हप्तामा अमेरिकी सिनेटमा यो प्रस्तावमा थप छलफल हुने सम्भावना छ । यस्तो अवस्थामा भारत र चीनको रणनीति कस्तो हुन्छ भन्ने कुराले अन्तर्राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पार्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.