भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

जापानको सीमा नजिक रूस–चीन संयुक्त हवाई गस्ती, टोकियोले निगरानी कडा गर्यो

जापानको सीमा नजिक रूस–चीन संयुक्त हवाई गस्ती, टोकियोले निगरानी कडा गर्यो

टोकियो । जापानको वरपरको हवाई क्षेत्र नजिक रूस र चीनले संयुक्त हवाई गस्ती सञ्चालन गरेपछि जापानले लडाकु विमान तैनाथ गर्दै निगरानी कडाइ गरेको छ।

टोकियो–बेइजिङ सम्बन्ध थप तनावपूर्ण बन्दै गइरहेको बेला यस्तो गतिविधि देखिएको जापानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। मन्त्रालयका अनुसार दुई रूसी सैन्य विमान जापानको समुद्र क्षेत्र नजिकैबाट पूर्वी चीन सागरतर्फ उडेका थिए।

ती विमान चीनका दुई बमवर्षक विमानसँग भेटिएर प्यासिफिक क्षेत्रमा संयुक्त तालिम उडानमा सहभागी भएको चीनको दाबी छ। त्यस्तै, चार चिनियाँ लडाकु विमानले ओकिनावा र मियाको टापु क्षेत्रमा घुम्ती उडान पूरा गरेको जापानको भनाइ छ।

मियाको सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय जलक्षेत्रमा पर्ने भए पनि यस क्षेत्रमा यस्तो संयुक्त सैन्य गतिविधिले जापानलाई सतर्क बनाएको छ। जापानी रक्षा मन्त्री शिन्जिरो कोइजुमीले रूस–चीनको संयुक्त अभियानलाई आफ्नो देशमाथिको ‘शक्ति प्रदर्शन’ भन्दै यसले जापानको राष्ट्रिय सुरक्षामा गम्भीर चिन्ता बढाएको टिप्पणी गरेका छन्।

टोकियो–बेइजिङबीचको तनाव हालै जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानसँग सम्बन्धित टिप्पणी गरेपछि चर्किएको हो। उनले ताइवानमाथि चीनको सम्भावित सैन्य कदमले जापानको सुरक्षामा खतरा उत्पन्न गरेमा जापानले आवश्यक प्रतिक्रिया जनाउन सक्ने चेतावनी दिएका थिए।

चीन र रूसले पछिल्ला वर्षहरूमा सैन्य सहकार्य तीव्र रूपमा बढाउँदै आएका छन्। मिसाइल–प्रतिरक्षा अभ्यासदेखि दक्षिण चीन सागरमा संयुक्त नौसैनिक तालिमसम्म दुवै देशको सुरक्षा साझेदारी विस्तार भइरहेको विश्लेषकहरू बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.