भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

आफूमध्ये कसैमाथि पनि आक्रमण भए सैन्य सहायता पठाउने रूस र उत्तर कोरियाको सम्झौता

आफूमध्ये कसैमाथि पनि आक्रमण भए सैन्य सहायता पठाउने रूस र उत्तर कोरियाको सम्झौता

काठमाडौं । रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन्।उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शीतयुद्धकालीन आपसी रक्षा सन्धिलाई ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यदि दुईमध्ये कुनै एक देशमाथि हमला भयो वा युद्धमा होमियो भने संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अनुसार अर्को देशले आफ्ना सबै उपलब्ध उपाय प्रयोग गरी तुरून्तै सैन्य र अरू खालको सहयोग गर्ने पुटिन र किमले हस्ताक्षर गरेको सम्झौताको धारा ४ मा उल्लेख छ । पुटिनले युक्रेनमाथिको आक्रमणलाई अहिलेसम्म युद्ध नभनेर विशेष सैनिक कारबाही मात्रै भनेकाले सम्झौता भए पनि अहिले नै युक्रेनसँग लड्न उत्तर कोरियाले सेना पठाउँदैन भन्ने बुझ्नुपर्ने हुन्छ।

दुवै देशले अर्को राष्ट्रको स्वार्थमा आघात पुग्ने खालको सम्झौता तेस्रो देशसँग नगर्ने र आफ्नो भूमि एक अर्काका विरूद्ध प्रयोग हुन नदिने वाचा पनि गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.