भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

दिल्लीमा अत्यधिक गर्मीका कारण दुई दिनमै ५२ जनाको मृत्यु

दिल्लीमा अत्यधिक गर्मीका कारण दुई दिनमै ५२ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक गर्मीका कारण दुई दिनमै ५२ जनाको ज्यान गएको छ । हिजो र आज ५२ जनाको शव अस्पतालमा ल्याइएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो निर्धन र गरिब थिए । उनीहरूले खुला ठाउँमा बसेर जीवन गुजारिरहेका थिए ।

गएको मार्चदेखि हिजोसम्म गर्मीका कारण भारतमा १ सय १० जनाको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि रक्तसञ्चार नहुने, हातखुट्टा बाउँडिने र मानिसको ज्यान जाने भइरहेको छ । यसलाई ुहिट स्ट्रोकु भनिन्छ ।

भारतमा यस गर्मीमा ४० हजार जनाभन्दा धेरैमा ुहिट स्ट्रोकु का घटनाहरू रेकर्ड भएका छन् । पूर्वी र उत्तर भारतमा पछिल्ला दिनमा गर्मीको लहरले जनजीवन अस्तव्यस्त बनाएको छ । गर्मीको बेलामा पानी र बिजुलीको अभावमा मानिसहरू तड्पिरहेका खबरमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले बिरामीहरूको सङ्ख्या बढेको भन्दै सङ्घीय र राज्य सरकारहरूलाई अस्पतालमा थप शय्या उपलब्ध गराउन निर्देशन दिएको छ ।

मौसम विभागले यो महिनाको तापक्रम सामान्यभन्दा माथि हुने अनुमान गरेको छ । नयाँ दिल्लीमा गएको रात ५० वर्षयताकै सबैभन्दा तातो रात मापन भएको छ । दिल्लीको न्यूनतम तापक्रम नै गए राति ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.