भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

भक्तपुरमा आजदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या

भक्तपुरमा आजदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या

भक्तपुर । भक्तपुरमा आजदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितसहित देशभरबाट साहित्यकार सहभागि सम्मेलनमा जनकवि दुर्गालाल श्रेष्ठ लगायतका विशिष्ट साहित्यकारको जमघट रहेको छ ।

जनता रहे भाषा रहन्छ भन्ने उदघोषकासाथ सुरु भएको नेपालभाषा साहित्य तःमुंज्यामा साहित्यकार तथा साहित्यप्रेमीहरूले समाज रुपान्त्रणका विविध आयामसंग सम्बन्धित आ–आफना कविता, कथा र निबन्ध वाचन गरेका छन् । समाज जागरणमा साहित्यकारको ठूलो हात रहेको साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिनालगायतले बताएका छन् ।

पूर्व न्यायाधिस गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठलगायतले सम्मेलनको खुलेरै प्रसंसा गरे । गलत राजनैतिक सँस्कारलाई चिर्दै सहि सँस्कार सँस्कृति र भाषा बचाउन यस्ता सम्मेलनले महत्वपूर्ण भूकिका खेल्ने सहभागि साहित्यकारहरुको धारणा छ ।

सम्मेलन भोलिसम्म चल्ने र विविध साँस्कृतिक कार्यक्रम पनि गरिने नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जारले बताए । सम्मेलनमा नेवारी समुदायका विभिन्न नृत्य, व्यङ्ग्य र एकाङ्की नाटकसमेत प्रस्तुत हुने आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले बताए । सम्मेलनमा कलाकार, साहित्यकार, राजनीतिज्ञहरुको पनि सहभागिता रहेको छ ।

तस्वीरमा…

 

 


Thali Mobile Pvt.Ltd.