भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति

सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति

काठमाडौं, १४ असाेज  । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बहिस्कार गरेकी छन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेको थियो । सोही क्रममा सांसद सिद्धिकी बैठकबाट बाहिरिएकी हुन् ।

सिद्धिकीका अनुसार बैठकमा सभापतिले छलफललाई नियन्त्रणमा राख्न नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गरेको भन्दै उनले असहमति जनाएर बैठक छाडेकी हुन् ।

प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा गम्भीर अपराधमा संलग्न नभएकालाई कानुनी प्रक्रियाअनुसार थुनामुक्त गर्ने विषयप्रति पनि सिद्धिकीले असहमति जनाएकी छन् । अपराधमा संलग्न व्यक्तिलाई सजायसम्बन्धी स्पष्ट व्यवस्था आवश्यक रहेको उनको धारणा छ ।

त्यस्तै, सहकारी ठगीमा संलग्न व्यक्तिलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गर्ने विषय तथा कैदीबन्दीमध्येबाटै कैदीबन्दीको नाइके बनाउने प्रस्तावप्रति पनि उनले असहमति जनाएकी छन् ।

संसद्को आधिकारिक अभिलेखअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उक्त कारागार तथा हिरासतसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि सांसदहरूले धारणा राखेका थिए । समितिमा सिद्धिकी एमालेबाट सदस्य छिन् ।

 


Thali Mobile Pvt.Ltd.