भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

परम्परागत जीवनशैलीमा नेवार समुदायले मनाए सकी मन

परम्परागत जीवनशैलीमा नेवार समुदायले मनाए सकी मन

दुधपाटी । काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकालगायत नेवार समुदायकाे बसोवास भएको ठाउँमा सकी मन पुन्ही मनाईएकाे छ ।

परम्परागत जीवनशैलीमा भक्तपुरका नेवार समुदायले पनि भव्यताकासाथ मनाएका छन् । आफ्नै महत्व रहेको याे पर्व सकी भनेको अरम पालकको जरा र पुन्ही भनेको पूर्णिमा हो ।

नेवा संस्कृतिबाट आएको शब्द सकी मन पुन्हीलाई स्थानीयले सकिमिला पुन्ही भनेर मनाउँछन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन यो पुन्ही मनाइन्छ ।

नेपाल संवतको पहिलो महिनामा मनाउने भावले यसलाई कचलथवा पुन्ही पनि भन्ने गरेको सँस्कृतिविद् ओम धौवडेल बताए ।

उनले भने, “सकिमिला पुन्ही कहिलेकाहीँ कार्तिक भन्दा पहिले वा ढिलो पनि पर्न सक्छ । यस दिन टोल टोलमा मन्दिर परिसर अगाडि भुटेको अन्नले देवताको मूर्ति, मन्दिर, मुसाको आकार बनाएर धार्मिक भजन गाएर मनाउने गरिन्छ ।”

नेवार समुदायले फसल काट्ने मौसमको सफल समापन भएको रूपमा देवी देवतालाई धन्यवाद दिदै पुजा गरेर मनाउछन् ।

पुन्हीको अवसरमा भक्तपुरको टौमढी, नासमना, दरवारस्क्वायर, इटाछें, व्यासी, दुधपाटी, झौखेल कमलविनायकलगायतका क्षत्रमा सकिमिला पुन्ही धुमधामकासाथ मनाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.