भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

समयअघि जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव

समयअघि जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव

काठमाण्डौ,२१ कार्तिक । निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् ।

समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ ९आरओपी० जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग विशेषज्ञ इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानी हुनबाट बचाउन सकिने बताउनुभयो ।

डा प्रधानका अनुसार विश्वभर हरेक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । डा प्रधानले नौ महिना नपुगी जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखामा यो समस्या हुन सक्ने जानकारी दिनुभयो ।

यसैगरी आँखा रोग विशेषज्ञ भिट्रो रेटिनल सर्जन डा रबा थापाले मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागेमा दृष्टिविहीन हुनबाट बचाउन सकिने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.