भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं, ३ जेठ । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासँग सम्बन्धित कथित अनियमितता र हिनामिना प्रकरणमा अनुसन्धान तथा मुद्दा प्रक्रियालाई ध्यानमा राख्दै गौतमलाई थुनामा राखेर पुर्पक्ष चलाउने निर्णय गरिएको अदालतले जनाएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित सञ्जीव गौतमविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आयोगले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार रुपैयाँ असुलउपर गरिनुपर्ने र सोअनुसार कैद सजायसमेत मागदाबी गरेको छ। उक्त मुद्दाको अन्तिम फैसला भने अझै हुन बाँकी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.