भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं, ३ जेठ । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासँग सम्बन्धित कथित अनियमितता र हिनामिना प्रकरणमा अनुसन्धान तथा मुद्दा प्रक्रियालाई ध्यानमा राख्दै गौतमलाई थुनामा राखेर पुर्पक्ष चलाउने निर्णय गरिएको अदालतले जनाएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित सञ्जीव गौतमविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आयोगले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार रुपैयाँ असुलउपर गरिनुपर्ने र सोअनुसार कैद सजायसमेत मागदाबी गरेको छ। उक्त मुद्दाको अन्तिम फैसला भने अझै हुन बाँकी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.