भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन कायम, सतर्क रहन सुझाव

लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन कायम, सतर्क रहन सुझाव

काठमाडौं, ३ जेठ । देशका विभिन्न तराई क्षेत्रमा गर्मी उल्लेखनीय रूपमा बढ्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था अझै कायम रहने सम्भावना छ।

पर्याप्त वर्षा हुन नसक्दा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमको प्रभाव बढेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसुनको सक्रियता मुख्य रूपमा पहाडी र हिमाली क्षेत्रमा केन्द्रित छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यद्यपि लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने र गर्मी यथावत् रहने अनुमान गरिएको छ। लगातारको उच्च तापक्रमका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा खुला स्थानमा काम गर्ने श्रमिकहरू बढी प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

स्वास्थ्य सुरक्षाका लागि प्रशस्त पानी पिउने, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कने, हल्का तथा सुती कपडा लगाउने र ‘हिट स्ट्रोक’का लक्षण देखिएमा तत्काल चिकित्सकीय परामर्श लिन सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल तराई क्षेत्रमा मनसुन पूर्ण रूपमा सक्रिय हुने सम्भावना देखिएको छैन।

 


Thali Mobile Pvt.Ltd.