भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संलग्न मन्त्री र कर्मचारीहरुमाथि कारबाहीको माग

संलग्न मन्त्री र कर्मचारीहरुमाथि कारबाहीको माग

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न मन्त्रीहरु र कर्मचारीहरुमाथि सांसदहरुले कारबाही माग गरेका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समिति सदस्यहरुले खरिद प्रक्रियामा संलग्न जिम्मेवार व्यक्तिहरु कारबाहीको भागीदार हुनुपर्ने बताए ।

यसका लागि समितिबाट खरिद प्रक्रियामा संलग्न को–को छन् सूची बनाएर सरकारलाई कारबाहीका लागि सिफारिस गर्र्नुपर्ने उनीहरुले माग गरेका हुन ।

एमालेका सांसद कालुराम राई पश्चिमा मुलुकले नेपालका अधिकारीहरुलाई प्रभावमा पारेर आफ्नो पुरानो हुँदै गरेको प्रविधि बेचेको आशंका गरे । आवश्यक कानुनी प्रबन्ध नभई र किन्दै गरेको प्रविधिको उपयोगिताको विस्तृत अध्ययन नगरी किन किनियो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने माग गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.