भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

काम अलपत्र, शक्ति केन्द्रको दबाबमा निर्माण कम्पनी म्याद थप्दै

काम अलपत्र, शक्ति केन्द्रको दबाबमा निर्माण कम्पनी म्याद थप्दै

काठमाडौं । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि सो खण्डका तीन आकासे पुल अलपत्र भएका हुन् । कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको अहिलेसम्म काम नै सुरु भएको छैन । तर, शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले त्यसको म्याद थप्दै आएको पाइएको छ ।

चक्रपथमा प्रस्तावित बल्खु, महालक्ष्मीस्थान र सानेपामा निर्माण गर्नुपर्ने आकासे पुलको काम अलपत्र परेको छ । बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयअगाडि जग खनिएको चार वर्ष भइसकेको छ तर थप काम अगाडि बढ्न सकेको छैन । आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बिते पनि काम सुरु हुन नसकेको हो ।

बल्खुको आकासे पुल निर्माणका लागि २०७४ भदौ २९ गते महर्जन–पूर्णचण्डी निर्माण कम्पनीसँग संयुक्त सम्झौता भएको थियो । यस पुलको निर्माण लागत चार करोड छ लाख ७८ हजार ८२५ रुपैयाँ रहेको छ । यस पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए ।

त्यसै गरी महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि महर्जन–पूर्णचण्डी–ड्रामा निर्माण कम्पनीसँग चार करोड ३२ लाख ४३ हजार ६२९ रुपैयाँको लागतमा २०७४ असार २८ गते सम्झौता संयुक्त भएको थियो । यस पुलको सुरुको म्याद २०७५ असोज २८ गतेसम्म रहेकोमा यसको पनि तीन पटक म्याद थप गरी २०८० चैत मसान्तसम्म पुर्याईएको छ ।

 


Thali Mobile Pvt.Ltd.