भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

आजको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

आजको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित सातवटा कार्यसूची पेश सार्वजनिक गरेको छ । पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि पत्र सभामुखले पढेर सुनाउने छन् । दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन् ।

सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन् । प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेश गर्ने कार्यसूची छ ।

त्यस्तै सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्विकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ । त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गिरियोस भनि निर्णायार्थ पेश हुनेछ ।

साथै अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय दोस्रो संशोधन विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यी बाहेक शून्य समयको पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.