भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

संघीय सांसदको टोली १० दिनका लागि चीन प्रस्थान

संघीय सांसदको टोली १० दिनका लागि चीन प्रस्थान

काठमाडौं । संघीय संसद सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।

भ्रमणमा कांग्रेस र एमालेका ५–५, माओवादी केन्द्रका ३, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना छन् ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो ।

चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ ।

 


Thali Mobile Pvt.Ltd.