सत्ता लिप्सा र पदमा टाँसिइरहने नेताको हविगत देखेर जनता आजित, निर्वाचनमा सवक सिकाउने तयारी

सत्ता लिप्सा र पदमा टाँसिइरहने नेताको हविगत देखेर जनता आजित, निर्वाचनमा सवक सिकाउने तयारी image

काठमाडौं । शासक दलका नेताहरुमा सत्ता लिप्सा र पदमा टाँसिइरहने प्रबृत्तिले निरन्तरता पाएपछि यसपालि सवक सिकाउने दाउमा मतदाता रहेका छन् । जनता आजित भएको पछिल्लो उदाहरण हो सत्ता गठबन्धनमा रहेका दलका प्रमुख नेताको सत्तामोह । पदको शक्ति र सान प्रदर्शन गर्ने काँग्रेस सभापति देउवाले पार्टीको विधान बमोजिम प्रत्येक वर्ष गर्नु पर्ने महासमिति बैठक नबोलाई टारिरहेको कारण पनि त्यही सत्तालिप्सा भएको काँग्रेस कार्यकर्ताले लगाएका छन् ।

बहुमतको नाममा पार्टी संचालन गर्ने शैली एकलौटी गर्ने सभापति देउवाको कार्यशैलीले पनि कार्यकर्ता चिढिएको जिकिर काँग्रेसको छ । केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकको निर्णयलाई समेत देउवाले तिलाञ्जली दिएका छन् । मंसिर २९ गते बसेको कांग्रेसका पदाधिकारी बैठकले महासमिति बैठक तेस्रो पटक सार्ने निर्णय गरेको छ । सो बैठकले राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै महासमिति बैठकको नयाँ मिति फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । बैठक तेस्रो पटक सारेर बचाउ गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक सारिएको काग्रेसले जनाएको छ । मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो । तर जाजरकोटको रामीकोटमा गएको भुकम्पबाट प्रभावित नागरिकको सेवामा पार्टी र राज्य नै लाग्नु पर्ने देखिएको भन्दै पुसमा सारिएको थियो । काग्रेसले आयोजना गर्ने भनिएको महासमिति बैठकमा राजनीतिक एजेण्डा प्रस्तुत गर्ने जिम्मेवारी महामन्त्रीद्वयले पाउँछन् । तर दुवै महामन्त्री यतिवेला सभापति देउवा अनुकूल देखिएका छैनन् ।

उनीहरुले अघि सार्ने राजनीतिक एजेण्डा वाहिर भनिए जस्तै २०८४ मा हुने निर्वाचनमा कांग्रेस एक्लै स्थानीय, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा लड्छ भन्ने प्रस्ताव पारित भएमा सत्ता गठबन्धन भत्कन सक्ने सम्भावना देखिन्छ । सबैभन्दा ठूलो दल कांग्रेससँग प्रतिष्पर्धामा रहेको एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा संसदमा छ । यस्तो अवस्थामा कांग्रेससँगै सहकार्य र सहमतिमा गठबन्धनमा आवद्ध भएका दलहरु माओबादी, नेकपा एस, जनता समाजबादी पार्टी आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरे अहिले नै गठबन्धन तोड्न तयार हुन्छन् ।

त्यसैले ‘मिसन २०८४’को नाममा गठबन्धन दलको भावना विपरित कांग्रेस महामन्त्री र वरिष्ठ नेता डा. शेखर कोइरालाको अभिव्यक्तिसँगै महासमिति बैठकमा प्रस्ताव पेश गरी पारित भएमा गठबन्धन तोडिने सम्भावना प्रवल छ । यस्तो अवस्थामा प्रधानमन्त्री पदको प्रतिक्षामा रहेका सभापति देउवा यस्तो प्रस्तावबाट त्रसित बनेका छन् । आगामी २०८४ मा कांग्रेस एक्लै चुनावी प्रतिष्पर्धा गर्ने घोषणा देउवा प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने अवस्था आउने सम्भावना देखिन्छ ।

माओबादी र त्यो दलको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड चिढिए देउवाको प्रधानमन्त्री बन्ने सपना पुरा नहुने काँग्रेसकै कार्यकर्ता बताउँछन् । कांग्रेसको साथ, समर्थन र सहयोगमा प्रधानमन्त्री बनेका दाहाल कांग्रेसँग अर्को निर्वाचनमा पनि सहमति हुन नसके बैकल्पिक गठबन्धन गर्ने निश्चित देखिन्छ । आफू ५ पटक मात्रै प्रधानमन्त्री भएको भन्दै एक पटक पुनः प्रधानमन्त्री बन्न चाहेको कुरा आरजु देउवाले पटक पटक बताउँदै आएकी छन् ।

आफ्नो अघि आएको प्रधानमन्त्रीको कुर्सीको सुनिश्चिततालाई अलमलमा पार्न देउवा पटक्कै चाहँदैनन् । पार्टी विधान बमोजिम २ पटक नेपाली कांग्रेसको सभापति भएका देउवाको दोश्रो कार्यकालको समय आगामी २०८३ मा सिकिँदैछ । यता राष्ट्रिय सभाको एक तिहाई सदस्यको निर्वाचन माघ ११ गते हुँदैछ । फागुन २० गतेदेखि ६ वर्षे कार्यकाल समाप्त हुँदै गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, राष्ट्रपतिबाट मनोनित भएकी पूर्वपराराष्ट्रमन्त्री विमला राई पौड्यालको स्थानमा निर्वाचन हुन लागेको हो ।

माघ ११ गते १९ जनाको निर्वाचनबाट र एक जनाको राष्ट्रपतिबाट मनोनित गरी पूर्ती हुने छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका ३ महिलासहित १० जना सांसद छन् । तीमध्ये ४ जनाको कार्यकाल समाप्त हुँदैछ । सत्ता गठबन्धनसँग सहमतिको चाँजोपाजोमा कांग्रेस लागेको छ । कांग्रेसले ९ सिट लिने दाउ हेरिरहेको छ । देउवाले आफ्नो गुट र समूहकालाई प्राथमिकता दिने योजना बनाइरहेको स्रोतको दावी छ । सभापति देउवा पार्टी बरिष्ठ नेता शेखर कोइराला समूहबाट २ जनालाई मात्र समेट्ने योजनामा रहेका छन् । संस्थापनइत्तर समूहबाट सुजाता कोइरालाले चाहना गरे अवसर दिने योजनामा रहेको स्रोतको दावी छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon