भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

हिजो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई आज स्वागत गरिएको थियो । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने छन् । १९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।

शपथ लिएका नवनिर्वाचित सदस्य
श्रीकृष्ण अधिकारी
रुकमिणी कोइराला
कृष्णप्रसाद सिटौला
पूजा चौधरी
आनन्दप्रसाद ढुंगाना
विष्णुदेवी पुडासैनी
जितजङ्ग बस्नेत
मनरुपा शर्मा
पदमबहादुर परियार
किरणबाबु श्रेष्ठ
विष्णुकुमारी सापकोटा
झक्कुप्रसाद सुवेदी
सावित्री मल्ल
विष्णुबहादुर विश्वकर्मा
कृष्णबहादुर रोकाय
रेनु चन्द
नारायणदत्ता भट्ट
बलदेव बोहरा

 


Thali Mobile Pvt.Ltd.