भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

हिजो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई आज स्वागत गरिएको थियो । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने छन् । १९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।

शपथ लिएका नवनिर्वाचित सदस्य
श्रीकृष्ण अधिकारी
रुकमिणी कोइराला
कृष्णप्रसाद सिटौला
पूजा चौधरी
आनन्दप्रसाद ढुंगाना
विष्णुदेवी पुडासैनी
जितजङ्ग बस्नेत
मनरुपा शर्मा
पदमबहादुर परियार
किरणबाबु श्रेष्ठ
विष्णुकुमारी सापकोटा
झक्कुप्रसाद सुवेदी
सावित्री मल्ल
विष्णुबहादुर विश्वकर्मा
कृष्णबहादुर रोकाय
रेनु चन्द
नारायणदत्ता भट्ट
बलदेव बोहरा

 


Thali Mobile Pvt.Ltd.