सरकारी जग्गामा बनाएको बाटोमा चल्यो डोजर, वडा अध्यक्ष सापकोटाले गरे बाचा पुरा

सरकारी जग्गामा बनाएको बाटोमा चल्यो डोजर, वडा अध्यक्ष सापकोटाले गरे बाचा पुरा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को सीमाना रहेको देउरालीडाँडामा ब्यक्तिको जग्गा बचाउँन सरकारी जग्गामा निर्माण गरिएको बाटोमा नगरपालिकाको डोजर चलेको छ । वडाको स्वीकृति नलिएर व्यक्तिको भण्डै दुई रोपनी जग्गा बचाउँन सार्वजनिक जग्गामा निर्माण गरिएको बाटो भत्तकाएर साविकै बाटो कायम हुने गरी नगरपालिकाले शुक्रबार डोजर चलाएको हो ।Sapkota completed the deal

विगत केही समयदेखि कैलाश खबर डटकमले सार्वजनिक जग्गामा व्यक्तिले गरेको रजाईप्रति खबरदारी गर्दा केही भू–माफियाले खिसीट्यूरी गरेका थिए ।सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटालाई कैलाश खबरले सार्वजनिक जग्गामा व्यक्तिको रजाई किन भनेर प्रश्न गर्दा उहाँले सार्वजनिक जग्गामा रजाई गर्नेलाईकारबाही गर्ने, जग्गा रोक्का गर्ने र मुद्दा दर्ता समेत गर्नपछि नपर्ने प्रतिक्रिया दिनुभएको थियो ।Sapkota completed the deal

उहाँले कैलाश खबरलाई दिएको उक्त प्रत्तिबद्धता पुरा गर्दै सार्वजनिक जग्गामा निर्माण गरिएको बाटो पूर्ण रुपमा बन्दगरी साविककै बाटो प्रयोगमा आएको जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले केही भू–माफियाले आर्थिक प्रलोभनमा परी उक्तबाटो निर्माण गर्नु स्वीकार्य नभएको बताउँदै सार्वजनिक जग्गा मिचेर बाटो निर्माण गर्नेलाई हत्कडी समेत लगाउनपछि नपर्ने प्रतिक्रिया दिनुभयो ।

सार्वजनिक जग्गामा निर्माण गरिएको बाटामा डोजर चलेपछि जनप्रतिनिधिले साच्चै जनताको पक्षमा काम गर्ने रहेछन् भन्ने कुरा प्रमाणित भएको पर्यटन व्यवसायी रामजी अवालले बताउनुभयो । उहाँले वडा जनप्रतिनिधि आर्थिक प्रलोभनमा परेर बाटो बनेको हो भनेर भन्नेहरुलाई जनप्रतिनिधिले गतिलो जवाफ दिएकोमा आफूलाई खुशी लागेको बताउनुभयो ।Sapkota completed the deal

पर्यटन व्यवसायी अवालले जनाताको पक्षमा कलम चलाउने कैलाश खबरको खबरदारी पनि आफूलाई मन परेको बताउँनुभयो । नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको रोहोबरमा बाटोमा सार्वजनिक जग्गामा बनाइएको बाटो शुक्रबार भत्काइएको हो ।

 


Thali Mobile Pvt.Ltd.