भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

सर्लाहीमा इँट्टाको चाङले थिच्दा तीन जनाको मृत्यु, दुई घाइते

सर्लाहीमा इँट्टाको चाङले थिच्दा तीन जनाको मृत्यु, दुई घाइते

सर्लाही, २ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्दा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो बेलुका भएको दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार इँट्टा निकाल्ने क्रममा अचानक इँट्टाको चाङ भत्किँदा उनीहरू पुरिएका थिए। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए।

दुर्घटनामा घाइते भएका मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.