भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सर्लाहीमा इँट्टाको चाङले थिच्दा तीन जनाको मृत्यु, दुई घाइते

सर्लाहीमा इँट्टाको चाङले थिच्दा तीन जनाको मृत्यु, दुई घाइते

सर्लाही, २ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्दा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो बेलुका भएको दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार इँट्टा निकाल्ने क्रममा अचानक इँट्टाको चाङ भत्किँदा उनीहरू पुरिएका थिए। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए।

दुर्घटनामा घाइते भएका मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.