भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीन प्रदेशमा हावाहुरीको सम्भावना, मौसमविद्को सतर्कता अपनाउन आग्रह

तीन प्रदेशमा हावाहुरीको सम्भावना, मौसमविद्को सतर्कता अपनाउन आग्रह

काठमाडौं, २ जेठ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बेलुका र रातिको समयमा हावाहुरीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। अन्य हिमाली, पहाडी तथा तराई भूभागमा भने आंशिक बदली रहने सम्भावना रहेको छ।

त्यसैगरी कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

पछिल्लो तीन घण्टाको विवरणअनुसार बागमती र कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइसकेको छ। मौसमविद्ले हावाहुरी, चट्याङ र वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.