भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीन प्रदेशमा हावाहुरीको सम्भावना, मौसमविद्को सतर्कता अपनाउन आग्रह

तीन प्रदेशमा हावाहुरीको सम्भावना, मौसमविद्को सतर्कता अपनाउन आग्रह

काठमाडौं, २ जेठ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बेलुका र रातिको समयमा हावाहुरीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। अन्य हिमाली, पहाडी तथा तराई भूभागमा भने आंशिक बदली रहने सम्भावना रहेको छ।

त्यसैगरी कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

पछिल्लो तीन घण्टाको विवरणअनुसार बागमती र कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइसकेको छ। मौसमविद्ले हावाहुरी, चट्याङ र वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.