भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला

सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला

सर्लाही, २८ वैशाख । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ : ३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको हो । शव अत्यधिक सडेकाले मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.