भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दक्षिण एसियाली ट्राभल अवार्ड्स २०२६ मा भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा

दक्षिण एसियाली ट्राभल अवार्ड्स २०२६ मा भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा

काठमाडौं, २८ वैशाख । नेपालको आतिथ्यता तथा पर्यटन क्षेत्रमा सेवा दिँदै आएको भिलेज हाईल्याण्ड रिसोर्ट प्रतिष्ठित दक्षिण एसियाली ट्राभल अवार्ड्स (SATA) २०२६ का लागि मनोनयनमा परेको छ ।

दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने SATA अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । यस वर्ष भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेसँगै नेपाली पर्यटन क्षेत्रका लागि पनि यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्राकृतिक वातावरण, शान्त तथा पारिवारिक बसाइ, पर्यटकमैत्री संरचना तथा उत्कृष्ट आतिथ्य सेवाका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको बताइएको छ । भक्तपुरको सूर्यविनायक–८ र काभ्रेकाे पनाैती नगरपालिका – १ काे संगमस्थित रानीकोट क्षेत्रमा अवस्थित रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

रिसोर्ट क्षेत्रमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । यहाकाे रानीकोट किल्ला तथा आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्न सकिन्छ । रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको छ ।

रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत SATA २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।

दक्षिण एसियाली ट्राभल अवार्ड्स (SATA) सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली देशका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।

पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाली होटल तथा रिसोर्टहरूको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक संकेत भएको बताएका छन् ।

भोट गर्न तलको लिंक :

SATA Voting Link for Village Highland Resort

 


Thali Mobile Pvt.Ltd.