भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काँग्रेसको नेतृत्व अब युवालाई दिऔंः डा. शशांक

काँग्रेसको नेतृत्व अब युवालाई दिऔंः डा. शशांक

काठमाडौं । काँग्रेस नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्व अब युवाका हातमा दिनुपर्ने बताए छन् । काँग्रेसका युवाहरू अघि बढिसकेकोले उनीहरूलाई नेतृत्वमा ल्याउन जोड दिएका हुन ।

धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन गर्नुपर्ने बताए । शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले अब युवाहरूलाई ल्याउनुपर्ने उनको भनाइ थियो ।

बीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापति पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने त्यसैमा देउवालगायत काँग्रेसी नेताको भलाइ हुने धारणा राखे ।

 


Thali Mobile Pvt.Ltd.