भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

आफ्ना नागरिकलाई लेबनान छोड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई लेबनान छोड्न अमेरिकाको आग्रह

काठमाडौं । हिजबुल्लाह समूहसँगको तनाव झेलेपछि इजरायलले सुरक्षा सतर्कता बढाएको छ । हिजबुल्लाह समूहले निरन्तर रकेट आक्रमण गरेपछि हाइफा सहर अन्य उत्तर क्षेत्रका मानिसहरुलाई भेला हुन, भीड गर्न इजरायलले प्रतिबन्ध लगाएको हो ।

दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा इजरायली क्षेत्रमा आक्रमणको तयारी गरिरहेको पत्ता लागेपछि व्यापक रूपमा हवाई आक्रमण सुरु गरिएको इजरायली सुरक्षा बल आईडीएफका प्रवक्ता ड्यानियल हागारीले बताए। इजरायली सेनाले हिजो बेरुतमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डरसहित ३७ जनाको मृत्यु भएको थियो ।

त्यसअघि लेबनानमा हिजबुल्लाह समूहले प्रयोग गर्ने संचारसेटहरु पेजर तथा वाकीटकीमा विस्फोट हुँदा ३७ जनाको मृत्यु भएको थियो । ३ हजार मानिस घाइते भएका थिए । यस क्षेत्रमा तनाब बढ्दै गएपछि अमेरिकी सरकारले आफ्नो नागरिकहरूलाई लेबनान छोड्न कडा निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.