भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आफ्ना नागरिकलाई लेबनान छोड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई लेबनान छोड्न अमेरिकाको आग्रह

काठमाडौं । हिजबुल्लाह समूहसँगको तनाव झेलेपछि इजरायलले सुरक्षा सतर्कता बढाएको छ । हिजबुल्लाह समूहले निरन्तर रकेट आक्रमण गरेपछि हाइफा सहर अन्य उत्तर क्षेत्रका मानिसहरुलाई भेला हुन, भीड गर्न इजरायलले प्रतिबन्ध लगाएको हो ।

दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा इजरायली क्षेत्रमा आक्रमणको तयारी गरिरहेको पत्ता लागेपछि व्यापक रूपमा हवाई आक्रमण सुरु गरिएको इजरायली सुरक्षा बल आईडीएफका प्रवक्ता ड्यानियल हागारीले बताए। इजरायली सेनाले हिजो बेरुतमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डरसहित ३७ जनाको मृत्यु भएको थियो ।

त्यसअघि लेबनानमा हिजबुल्लाह समूहले प्रयोग गर्ने संचारसेटहरु पेजर तथा वाकीटकीमा विस्फोट हुँदा ३७ जनाको मृत्यु भएको थियो । ३ हजार मानिस घाइते भएका थिए । यस क्षेत्रमा तनाब बढ्दै गएपछि अमेरिकी सरकारले आफ्नो नागरिकहरूलाई लेबनान छोड्न कडा निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.