भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

ललितपुर, ३० वैशाख । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक आज ललितपुर महानगरपालिका प्राङ्गणमा अनावरण गरिएको छ। जोशीको १०६औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा महानगर प्रमुख चिरिबाबु महर्जनले शालिक अनावरण गर्नुभयो।

कार्यक्रममा बोल्दै महर्जनले जोशीलाई “मुलुककै गहना” को संज्ञा दिँदै उहाँले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा पुर्‍याएको योगदान अमूल्य रहेको उल्लेख गर्नुभयो। उहाँले झनाख्य पार्कमा अब नयाँ शालिक नबनाउने निर्णय पनि सुनाउनुभयो, जहाँ हालसम्म ४ वटा शालिक बनाइसकिएको छ।

ललितपुर महानगरपालिकाले निर्माण गरेको यो शालिक जोशीको इच्छाअनुसार र परिवारको सहमतिमा गरिएको हो। सत्यमोहन जोशीको निधन २०७९ असोज ३० गते, १०३ वर्षको उमेरमा भएको थियो। निधनपछि उहाँको शरीर किस्ट मेडिकल कलेजलाई अध्ययन र अनुसन्धानका लागि दान गरिएको थियो।

स्व. जोशीले नेपाली साहित्य, संस्कृति, पुरातत्व र इतिहास क्षेत्रमा समर्पित जीवन बिताउनुभयो। उहाँको योगदानको कदर स्वरूप सरकारले जोशीलाई “शताब्दी पुरुष” को उपाधि दिएको थियो। उहाँले तीनपटक मदन पुरस्कार प्राप्त गर्नुभएको थियो – २०१३ सालमा ‘नेपाली संस्कृति’, २०१७ सालमा ‘कर्णाली लोकसंस्कृति’, र २०२८ सालमा ‘लिच्छविकालीन नेपाली समाज’ कृतिहरूका लागि।

 


Thali Mobile Pvt.Ltd.