भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व |

म्यानमारमा ‘जुन्टा’ को हवाई आक्रमण : बालबालिका र शिक्षकसहित २२ जनाको ज्यान गयो

म्यानमारमा ‘जुन्टा’ को हवाई आक्रमण : बालबालिका र शिक्षकसहित २२ जनाको ज्यान गयो

एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक रहेका छन्। आक्रमण ओइ थेइन क्विन गाउँको एक विद्यालयमा भएको थियो, जसमा कक्षा चलिरहेको अवस्थामा विद्यालयको भवनलाई लक्षित गरि आक्रमण गरिएको हो।

‘जुन्टा’ म्यानमारको सैन्य शासक समूह हो, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिएको थियो। त्यसपछि म्यानमारमा संघर्ष र हिंसा बढ्दै गएको छ।

यो पछिल्लो आक्रमणसँगै म्यानमारको स्थिति थप जटिल बन्दै गएको छ। म्यानमार गृहयुद्धको चपेटामा रहेको छ र मार्च २८ मा ७.७ म्याग्निच्युडको भूकम्पले थप संकट सिर्जना गरेको थियो। यद्यपि, जुन्टाले हालसम्म यस हवाई आक्रमणको बारेमा कुनै प्रतिक्रिया दिएको छैन।

यो आक्रमण म्यानमारमा शैक्षिक संस्थाहरूको सुरक्षा र सामाजिक दायित्वको गम्भीर उल्लंघन भएको मानिएको छ, जसले मानवीय संकटलाई अझै गहिरो बनाएको छ।

 


Thali Mobile Pvt.Ltd.