भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेमकिपाद्वारा थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध, एक चीन नीतिको समर्थन गर्ने सचिवालय बैठकको निर्णय

नेमकिपाद्वारा थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध, एक चीन नीतिको समर्थन गर्ने सचिवालय बैठकको निर्णय

भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले चीनको अभिन्न भू–भाग थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध एवम् निन्दा गर्दै एक चीन नीतिको समर्थन गर्ने निर्णय गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा पुस २९ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध गर्ने निर्णय गरेको हो ।

नेमकिपाले एक चीन नीतिको समर्थन गर्दै पार्टी सचिव प्रेम सुलवाले हस्ताक्षर गरेको वक्तव्य प्रकाशित गरिएको छ । बक्तव्यमा भनिएको छ “पोर्तुगालीहरूले सन् १५४२ मा चीनको भू–भाग थाइवानलाई फोर्मोसा टापु (सुन्दर टापु) नामकरण गरेका थिए । प्राचीनकालदेखि थाइवान चीनको अभिन्न अङ्ग हो। सन् १९४९ मा चीनको समाजवादी क्रान्तिपछि अमेरिकी साम्राज्यवादले च्याङ काइ सेकलाई थाइवानमा आफ्नो कठपुतली सरकार बनाउन लगायो।

चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले प्रारम्भदेखि नै चीनको अभिन्न भू–भाग थाइवानलाई अलग्याउन खोज्ने अमेरिकी साम्राज्यवाद र तिनको पिछलग्गू थाइवानका अमेरिकी कठपुतली अधिकारीहरूको विरोध एवम् निन्दा गर्दै आएको हो । वक्तव्यमा उल्लेख गरिएको छ ।

थाइवानमा अमेरिकी हातहतियार तैनाथी, अमेरिकी अधिकारीहरूको बरोबर भ्रमण र अमेरिकी आडभरोसामा जनवरी १३ को आमनिर्वाचन चीनको सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप हो । अमेरिकी साम्राज्यवादले थाइवानको “स्वतन्त्रता” को विषय उठाइरहेको सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमणमा संरा अमेरिका र चीनबिच भएको थाइवानसहित एक चीन नीति उल्लेख सांघाई घोषणाको उल्लङ्घन हो ।

नेपाल मजदुर किसान पार्टीले थाइवानमा चीनको सार्वभौमिकतासहितको एक चीन नीतिको दृढ समर्थन गर्दै आएको वक्तव्यमा भनिएको छ । विश्वमा थाइवानसहितको एउटै चीनको मात्र अस्तित्व छ । थाइवानको समस्या चीनको आन्तरिक मामिला हो । नेपाल मजदुर किसान पार्टी थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध गर्दछ र विनाबाहिरी हस्तक्षेप पुनःएकीकृत चीनको समर्थन गर्दछ । वक्तव्यमा भनिएको छ । प्रेस वक्तव्य …

नेमकिपाद्वारा थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध, एक चीन नीतिको समर्थन गर्ने सचिवालय बैठकको निर्णय

 

 


Thali Mobile Pvt.Ltd.