भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गाजा पट्टीमा इजरायलको आक्रमणले विश्वको सुरक्षा खतरामा

गाजा पट्टीमा इजरायलको आक्रमणले विश्वको सुरक्षा खतरामा

एजेन्सी । गाजा पट्टीमा इजरायलको आक्रमणले इजरायलको मात्रै नभई विश्वकै सुरक्षालाई खतरामा पार्ने जोर्डनका विदेशमन्त्री अयमान सफादीले बताएका छन्। दुई मन्त्रीले गाजाको विकास, द्वन्द्व रोक्न प्रयास र स्ट्रिपमा मानवीय प्रकोपमा ध्यान केन्द्रित गरेसंगै राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले उक्त टिप्पणी गरेका हुन् ।

ग्रीक मन्त्रीले जोर्डन सो क्षेत्रको प्रमुख देश भएको बताए। प्यालेस्टाइन मुद्दाको दिगो समाधान खोज्न पूर्वशर्तको साथ जोर्डनले भूमिका खेल्नुपर्ने बताए। उनीहरुले हमास द्वन्द्वको अन्त्य चाँडै हुनुपर्ने बताए।

बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा सफादीले गाजामा शत्रुताको तत्काल अन्त्य गर्न र स्ट्रिपलाई आवश्यक सबै सहयोग पुर्‍याउन प्रभावकारी संयन्त्र अपनाउन आह्वान गरे।

 


Thali Mobile Pvt.Ltd.