भर्खरै : Sorry, your browser does not support inline SVG.

मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा

मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा

मुख्य बुँदा

मन्त्रालय संख्या २२ बाट घटाएर १८ कायम

२३ सचिवको पदस्थापन तथा हेरफेर

६ सचिव विभिन्न निकायमा सरुवा

६ सचिव अतिरिक्त समूहमा

विमानस्थल र आईटी समन्वयमा विशेष जिम्मेवारी

प्रशासनिक पुनर्संरचना लागू हुँदै

काठमाडौं, २६ जेठ । सरकारले मन्त्रालयको संख्या घटाएर पुनर्संरचना गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। सरकारले हालै स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरिएको हो।

सोही अनुसार प्रशासनिक संरचनामा समायोजन गर्दै कुल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरिएको छ। दुई सचिव दरबन्दी भएका मन्त्रालयहरूमा एक मात्र कायम गरिएपछि सचिव व्यवस्थापनमा परिवर्तन गरिएको हो।

सरकारले विभिन्न निकायमा रहेका सचिवमध्ये छ जनालाई विभिन्न कार्यालय तथा निकायमा सरुवा गरेको छ।

नयाँ निर्णयअनुसार

सचिव भुपाल बराल गण्डकी प्रदेशमा, चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालयमा, प्रमिलादेवी बज्राचार्य विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयमा, दिनानाथ मिश्र राष्ट्रिय सतर्कता केन्द्रमा, चीरञ्जिवी चटौत नेपाल ट्रष्टको कार्यालयमा, सरजुकुमार वैद्य जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्।

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालयहरूमा दुई–दुई जना सचिवको व्यवस्था थियो। मन्त्रालय संख्या घटेसँगै ती पदहरू पुनः मिलान गरिएको हो।

यसैबीच, छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। अतिरिक्त समूहमा रहेका सचिवहरूमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र डण्डुराज घिमिरे रहेका छन्।

सचिव डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारी दिइएको छ। त्यस्तै अतिरिक्त समूहका एक सचिवलाई सूचना प्रविधि (आईटी) सम्बन्धी समन्वयको जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.