भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

इरानको दाबी : बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन आक्रमण

इरानको दाबी : बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन आक्रमण

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’ मुख्यालयमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकी सैन्य आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको उल्लेख गर्दै अमेरिका वा उसका सहयोगीबाट थप आक्रमण भए अझ कडा प्रतिक्रिया दिइने चेतावनी दिएको छ।

इरानी पक्षका अनुसार अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक र केशम टापु आसपासका विभिन्न स्थानमा आक्रमण गरेको थियो। ती आक्रमणबाट दूरसञ्चार पूर्वाधार तथा अन्य केही संरचनामा क्षति पुगेको दाबी गरिएको छ।

यसअघि अमेरिकी सेनाले इरानका केही राडार तथा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो। त्यसपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ।

यद्यपि अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानले फिफ्थ फ्लिट मुख्यालयमा क्षति पुर्‍याएको दाबीलाई अस्वीकार गर्दै आफ्ना सैन्य संरचनामा कुनै क्षति नभएको जनाएको छ।

मध्यपूर्वमा अमेरिका–इरान तनाव पुनः चर्किएसँगै क्षेत्रीय सुरक्षाबारे चिन्ता बढेको छ भने बहराइन र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।

 


Thali Mobile Pvt.Ltd.