भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा, ३ जेठ । कास्कीको पोखरा महानगरपालिका–१०, पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरी बलले सफलतापूर्वक उद्धार गरेको छ।

नाम र परिचय नखुलेका करिब २०/२१ वर्षका ती युवकले शुक्रबार राति सेती नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट विपद् व्यवस्थापन टोली खटिएको थियो। टोलीले राति ९:३५ बजे रोप रेस्क्यू प्रविधिको प्रयोग गरी युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

उद्धार कार्य करिब ४५ मिनेटसम्म चलेको थियो। युवक हाम फालेको स्थानबाट लगभग १०० मिटर तल सेती नदीको खोँचमा अर्धचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।

हालसम्म युवकको परिचय खुल्न सकेको छैन, र उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

 

 


Thali Mobile Pvt.Ltd.