भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा, ३ जेठ । कास्कीको पोखरा महानगरपालिका–१०, पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरी बलले सफलतापूर्वक उद्धार गरेको छ।

नाम र परिचय नखुलेका करिब २०/२१ वर्षका ती युवकले शुक्रबार राति सेती नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट विपद् व्यवस्थापन टोली खटिएको थियो। टोलीले राति ९:३५ बजे रोप रेस्क्यू प्रविधिको प्रयोग गरी युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

उद्धार कार्य करिब ४५ मिनेटसम्म चलेको थियो। युवक हाम फालेको स्थानबाट लगभग १०० मिटर तल सेती नदीको खोँचमा अर्धचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।

हालसम्म युवकको परिचय खुल्न सकेको छैन, र उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

 

 


Thali Mobile Pvt.Ltd.