भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तराईसहित विभिन्न ठाउँमा हावाहुरी र वर्षाको सम्भावना

तराईसहित विभिन्न ठाउँमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं, ३ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम खराब रहेको छ। हावाहुरी, चट्याङ र वर्षाका कारण मौसम प्रतिकूल बनेको छ। आज पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्य रूपमा सफा देखि आंशिक बदलीको अवस्था रहनेछ। यी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मौसम खराब रहने भएकाले सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन मौसम विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.