भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तराईसहित विभिन्न ठाउँमा हावाहुरी र वर्षाको सम्भावना

तराईसहित विभिन्न ठाउँमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं, ३ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम खराब रहेको छ। हावाहुरी, चट्याङ र वर्षाका कारण मौसम प्रतिकूल बनेको छ। आज पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्य रूपमा सफा देखि आंशिक बदलीको अवस्था रहनेछ। यी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मौसम खराब रहने भएकाले सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन मौसम विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.