भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टेलिकमका पूर्वप्रबन्ध सञ्चालक अधिकारीले डलरमा घुस लिएको खुल्याे

टेलिकमका पूर्वप्रबन्ध सञ्चालक अधिकारीले डलरमा घुस लिएको खुल्याे

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुसबापतको रकम लिएको फेला परेको छ । पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९ सय २४ डलर पठाएको भौचर फेला परेपछि यसको खुलासा भएको हो ।

भ्रष्टाचार गरेको रकम सिंगापुरमा राखेको र उनको मुद्दा अदालतमा पुगिसकेको अवस्थामा टेलिकमकै पूर्वप्रबन्ध सञ्चालक अधिकारीलाई पत्नीका नामबाट आएको रकमबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलले बताए । संस्थालाई नोक्सान पुर्‍याई व्यक्तिगत लाभ लिएको आशंकामा अख्तियारले अधिकारीमाथि छानबिन सुरु गरेको छ ।

जापानको ओसन टेक्नोलोजी लिमिटेडसँग अन्तर्राष्ट्रिय आगमन कल (इन्टरनेसन इन्कमिङ कल) को आम्दानी बाँडफाँटमा नेपाल टेलिकमलाई कम शुल्क दिनेगरी सम्झौता गरेर अधिकारीले व्यक्तिगत लाभ लिने क्रममा पत्नीको नाममा सो रकम जम्मा हुने व्यवस्था मिलाएको स्रोतको दावी छ । अधिकारीकी पत्नीका नाममा रहेको हिमालयन बैंक ठमेलको खाता नम्बर ००१००९९४२८००१७ मा ओसन टेक्नोलोजी लिमिटेड जापानले मासिक २ हजार ९ सय २४ अमेरिकी डलर जम्मा गरिदिएको भौचर अख्तियारले फेला पारेको हो ।

टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गरिएको र त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा राखिदिने गरेको थियो । दुई देशबीच इन्टरनेसनल इन्कमिङ कलको आम्दानी बाँडफाँड गर्दा टेलिकमलाई करोडौं रूपैयाँ घाटा पारी व्यक्तिगत लाभ लिने अधिकारीमाथि उजुरी परेको थियो । अधिकारी २०१२ देखि २०१५ सम्म नेपाल टेलिकमको अन्तर्राष्ट्रिय व्यापार हेर्ने शाखाका प्रमुख थिए।

 


Thali Mobile Pvt.Ltd.