भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै

श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै

भिवंडी, ३० चैत्र । श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको आयोजनामा नव वर्ष २०८३ सालको शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रमकाे आयोजना हुँदै छ । समाजको सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना हुँने समाजले जनाएकाे छ । 

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा समाजका पदाधिकारीहरूको उपस्थिति रहँने र समाजका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य कार्यसमिति सदस्यहरूले नव वर्षको शुभकामना व्यक्त गर्दै समाजको भावी योजना र उद्देश्यबारे आफ्नाे धारणा राख्ने समाजले जनाएकाे छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गायन, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत हुने र कलाकार तथा मोडलहरूको आकर्षक प्रस्तुतिले थप उत्साह र रौनक थप्ने जनाइएकाे छ। कार्यक्रममा समाजका सदस्यहरू, शुभेच्छुकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहने जनाइएकाे छ ।

सहभागीहरूले यस्ता कार्यक्रमले समाजभित्र एकता, सहकार्य र आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम अझै जारी रहेको र आगामी सत्रहरूमा थप आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.