भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै

श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै

भिवंडी, ३० चैत्र । श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको आयोजनामा नव वर्ष २०८३ सालको शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रमकाे आयोजना हुँदै छ । समाजको सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना हुँने समाजले जनाएकाे छ । 

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा समाजका पदाधिकारीहरूको उपस्थिति रहँने र समाजका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य कार्यसमिति सदस्यहरूले नव वर्षको शुभकामना व्यक्त गर्दै समाजको भावी योजना र उद्देश्यबारे आफ्नाे धारणा राख्ने समाजले जनाएकाे छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गायन, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत हुने र कलाकार तथा मोडलहरूको आकर्षक प्रस्तुतिले थप उत्साह र रौनक थप्ने जनाइएकाे छ। कार्यक्रममा समाजका सदस्यहरू, शुभेच्छुकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहने जनाइएकाे छ ।

सहभागीहरूले यस्ता कार्यक्रमले समाजभित्र एकता, सहकार्य र आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम अझै जारी रहेको र आगामी सत्रहरूमा थप आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.