भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

सचेत रहौंः सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

सचेत रहौंः सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

बारा । निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेमा ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् । घाइतेको वयोधा अस्प्तालमा उपचार भइरहेको छ ।

सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.