भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कागजात किर्ते गरेर अनुचित लाभ लिएको भन्दै अख्तियारले सिलवालविरुद्ध मुद्दा दायर गरेको हो । सिलवालले नपाएको ओहदा पाएँ भन्ने झुट्टा विवरण दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । उनीविरुद्ध ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साउन १६ गतेबाट ६६औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही ९ महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अभियोगपत्रमा उल्लेख छ ।

सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२ फागुन २४ गतेको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको पाइएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा २०६६ वैशाख १७ गते जारी नागरिकतामा जन्म मिति २०१६ कात्ति २२ उल्लेख भएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.