भर्खरै : Sorry, your browser does not support inline SVG.
त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

सिन्धुली अस्पतालको विकासमा योगदानको कदर गर्दै स्वास्थ्य सचिव डा. सुमित्रा गौतम सम्मानित

सिन्धुली अस्पतालको विकासमा योगदानको कदर गर्दै स्वास्थ्य सचिव डा. सुमित्रा गौतम सम्मानित

मुख्य बुँदा 

सिन्धुली अस्पतालको विकासमा योगदान पुर्‍याएको भन्दै डा. सुमित्रा गौतम सम्मानित

अस्पताललाई १०० शैयामा विस्तार र सेवा गुणस्तर सुधारमा नेतृत्व

२०७४ मा सिन्धुली अस्पताल र २०७७ मा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

डा. गौतम चिकित्सक समुदायबाट पहिलो प्रदेश स्वास्थ्य सचिव

महिला तथा प्रसूति रोग विशेषज्ञ, एमडी ब्याच गोल्ड मेडलिस्ट

इमान्दारिता, कर्तव्यनिष्ठा र नेतृत्व क्षमताको उच्च प्रशंसा

सिन्धुली, ११ पुष ।  बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पतालको विकास तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको कदर गर्दै स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ।

विहीबार सिन्धुली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल परिवार, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले डा. गौतमले कार्यालय प्रमुखको भूमिकामा रहँदा साना–ठूला सबैलाई आफ्नै परिवारका सदस्यझैँ व्यवहार गर्दै सहकार्य, सुझाव र हौसलासहित काम गर्ने वातावरण सिर्जना गरेको भन्दै सम्मान गिरएकाे हाे ।  

सिन्धुली अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेन्टसमेत रहेकी डा. गौतमले आफ्नो कार्यकालमा अस्पताललाई सय शैयामा विस्तार गरिन्। सेवा विस्तार र गुणस्तर सुधारमार्फत उनले २०७४ सालमा सिन्धुली अस्पताललाई बागमती प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सफल भएकाे बनाइन्।

त्यसपछि भक्तपुर अस्पताललाई पनि २०७७ सालमा प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन उनको नेतृत्व निर्णायक बनेको कार्यक्रममा उल्लेख गरिएको थियाे । 

हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव रहेकी डा. गौतम चिकित्सकबाट पहिलो प्रदेश सचिव हुन्। संघीय मन्त्रालय अन्तर्गत ११औँ तहकी कर्मचारी रहेकी डा. गाैतम महिला तथा प्रसूति रोग विशेषज्ञ हुन् भने एमडी ब्याच गोल्ड मेडलिस्टसमेत हुन्।

कार्यक्रममा अस्पताल परिवारले डा. गौतमको इमान्दारिता, कर्तव्यनिष्ठा र निरन्तर मेहनतको उच्च प्रशंसा गर्दै राज्य र राष्ट्रले उनको योगदानको अझ उच्चसम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । साथै, आगामी कार्यकालमा थप उन्नति, प्रगति र सफलताको कामना गर्दै हार्दिक शुभकामना समेत सिन्धुली अस्पताल परिवारले व्यक्त गरेकाे छ । 

 


Thali Mobile Pvt.Ltd.