भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

इरान–इजरायल युद्धविरामपछि ट्रम्पसँग टर्की राष्ट्रपति एर्दोआनको भेट, गाजाबारे पनि छलफल

इरान–इजरायल युद्धविरामपछि ट्रम्पसँग टर्की राष्ट्रपति एर्दोआनको भेट, गाजाबारे पनि छलफल

काठमाडाैं, ११ असार । इरान–इजरायल युद्धविरामपछि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । नेदरल्यान्ड्सको हेगमा आयोजित नेटो शिखर सम्मेलनको क्रममा राष्ट्रपति एर्दोआनले इरान र इजरायलबीच युद्धविराम सुनिश्चित गराउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् ।

टर्की सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासमा इजरायल र इरानबीच भएको युद्धविरामलाई स्वागत गर्दै राष्ट्रपति एर्दोआनले यो युद्धविराम दीर्घकालीन होस् भन्ने आशा व्यक्त गरे।” भेटमा एर्दोआनले गाजामा जारी मानवीय संकटको अन्त्यका लागि पनि पहल आवश्यक रहेको बताएका छन् । साथै उनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न नजिकको संवाद अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

यो भेट अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिएको छ, विशेषगरी इरान–इजरायल युद्धविरामपछिको संवेदनशील अवस्थामा नेताहरूबीच समन्वय कायम गर्न गरिएको संवाद विशेष रूपमा हेरिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.