भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी

सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी

काठमाडौ । पूर्व घान्द्रुकको रुपमा ताप्लेजुङको सिरिजंघालाई विकास गर्ने भएको छ । सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन सिरिजंघा सरोकार समाज नेपालले पहल गर्ने भएको हो । सिरिजंघा सरोकार समाज गरेका ७ बुदे घोषणापत्रमा सिरिजंगा सरोकार समाज नेपालले विधान–२०७५ को उद्देश्यहरुलाई प्राथमिकतातथा आवश्यकताको सिद्धान्तका आधारमा कार्यान्वयन गर्ने गराउने सन्दर्भमा आफ्नो साधारणसभाबाट सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन पहल गर्ने घोषणा गरेको छ ।सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी

आवाज विहीनहरुको आवाज, जनजीविकाको पक्षमा दरिलो वकालत, सचेतना र सशक्तीकरणको आवश्यकतालाई गम्भीर रुपमा महसुस गरी यी विषयहरुलाई कानुनीसाक्षरता सेमिनार प्रकाशन, वृत्तचित्र, हाँस्यव्यङ्ग्य पत्रकारिता, लेख रचना,सार्वजनिक सुनुवाई, चित्रकला, परियोजना, म्याराथुन, नीतिगत छलफल आदी विधिहरुबाट सशक्त रुपमा अघि बढ्ने सिरिजंघा सरोकार समाज नेपालले साधारणसभाले जनाएको छ ।

कानुनी शासन, सामाजिक न्याय, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, सुशासन,नागरिक अधिकार, लैगिक सशक्तीकरण, दीगो विकास, बौद्धिक सम्पत्ति अधिकार,कञ्चनजंघाको रोयल्टीको अधिकार, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरुको निर्वाध उपभोगको अधिकार, जैविक विधिधताको संरक्षण र त्यसको दिगो उपभोगको अधिकार, जल, जंगल र जमीनको अधिकार, परम्परागत तथामौलिक प्रविधिहरुको संरक्षण तथा पुनःउत्थान गर्ने गराउँने, आधुनिक विज्ञान रप्रविधिका नवीन आयामहरुलाई सशक्त रुपमा कार्यान्वयन गर्न गराउन सम्बन्धित सरोकारवाला पक्षहरुलाई दवाब सिर्जना गर्न दृढतापूर्वक लाग्ने सरोकार समाज नेपाल घोषणा गरेको हो ।सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी

मौषम परिवर्तन, अवैज्ञानिक तौरतरिकाको विकास प्रक्रिया, भ्रष्टाचार, लैगिक हिंसा,मानव अधिकार हनन्, कुनै किसिमका भेदभाव, कुरीति, कुसंस्कार र पछौटेपन, ठालुप्रथा र विकास विरोधी गतिविधिका विरुद्ध नागरिकहरु, संघसंस्थाहरुको आन्दोलन दवाबका कार्यत्रमहरुको यस समाजको गहिरो ऐक्यबद्धता रहेन प्रतिबद्धता जाहेर गरेको छ ।

घोषणा पत्रमा सिरिजंघा गाउँपालिका क्षेत्रको आर्थिक, समाजिक, सांस्कृतिक, पर्यटन, कृषि, जडिबुट्टि, सिमसार, बन, चराचुरुङ्गी, लोपोन्मुख जडिबुट्टि, बालिनाली, नश्ल सुधार, औद्योगिकग्राम, सिरिजंघा राजाको १०० फिट अग्लो प्रतिमा सहितको बोटानिकल गार्डेनकोनिर्माण, साइरन जडित बाढी पहिरोको जोखिमको सूचना, लिम्बु संग्रलयकोआधुनिकीकरण, काबेली खोलाको उत्गम स्थललाई गौमुखा उत्तर गया धार्मिक स्थलनिर्माण जस्ता कुराहरु सहितको दीर्घकालीन विकास निर्माणको लागि ५० वर्षे विकासनिर्माणको गुरुयोजना तर्जुमा गर्नु पर्ने तर्फ सम्बन्धित निकायलाई घचघच्याउन प्रयास गर्ने सरोकार समाजले उल्लेख गरेको छ ।सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी

समाज ताप्लेजुङ सिरिजंघा भू–क्षेत्रबाट उद्योग, व्यवसाय, अध्ययन, अनुसंधान,रोजगारी वा अन्य कुनै किसिमले विदेशमा रहेका नागरिकको दुःख सुख तथा आपतविपत र साँकृतिक अभ्यास, साटासाट गर्ने, भेटघाट गर्ने गराउँने, जिल्ला र देशकाविभिन्न संघसंस्थाहरु सँग जनसम्पर्क गरी सहकार्य गर्ने गराउने अवसर जुटाउने सिरिजंघा सरोकार समाज नेपाल अध्यक्ष हरिचन्द्र भट्टराईको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.