भक्तपुर । सूर्यविनायक नगरपालिका नगरसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको नगरसभाको १५ औं अधिवेशनमा विभिन्न सार्वजनीक महत्वका प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् ।
नगरसभा अधिवेशनमा नगरसभाको कार्यसूची, सभाको आचार संहिता, विषयगत समितिका प्रतिवेदन, न्यायिक समिति, राजस्व परामर्श समिति, योजना तथा कार्यक्रम अनुगमन समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूवाधार विकास समिति, विधायन समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, लेखा समितिका संयोजकहरूले प्रस्ताव गरेका प्रतिवेदनहरू सर्वसम्मत पारित भएका हुन् ।
यस्तै आर्थिक प्रथम संशोधन विधेयक २०८०, सभाका समिति सञ्चालन सम्वन्धी नियमावली २०८०, नगर खेलकुद व्यवस्थापन विधेयक २०८०, सावजनिक निजी साझेदारी तथा लगानी विधेयक २०८०, आधारभूत स्वास्थ्य तथा सरसफाई व्यवस्थापन विधेयक २०८०, सूर्यविनायक नगरपालिका विवाद निरूपण सम्बन्धी विधेयक २०८० सर्वसम्मत पारित भएको नगरका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
सभामा अस्पतालको चिकित्सा सेवा सुचारु गन अस्थायी दरवन्दी स्वीकत गर्ने, नगर कार्यपालिकाको बैठकबाट भएका निर्णयहरु अनुमोदन गर्ने, शिक्षक तथा विद्यालय कमचारीको अस्थायी दरवन्दी स्वीकृत गर्ने, मेलमिलापकर्ताको सूची अनुमोदन, बेरुजु नियमित गरी फछ्यौट गर्ने विशेष प्रस्तावहरु स्वीकृत भएका छन् ।
नगरसभामा प्रस्तुत विभिन्न प्रस्ताव र विधेयकमाथि दफावार छलफलपश्चात नगर प्रमुख बासुदेव थापाले प्रस्तुत प्रस्ताव र विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गरेका थिए ।
अर्धवार्षिक प्रगति प्रतिवेदन
५ विधेयक
१ नियमावली सर्वसम्मत पारित
नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले विषयगत समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन, ५ विधेयक र १ नियमावली सर्वसम्मत पारित गरेको हो ।
अधिवेशनमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले न्यायीक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
नगरसभामा रविन्द्र सापकोटाले सामाजीक विकास समितिको प्रतिवेदन, सानुकाजी कायस्थले सार्वजनीक सेवा, सुशासन तथा क्षमता विकास समितिको प्रतिवेदन, पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकासको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदीप कार्कीले विधायन समितिको प्रतिवेदन, भगवान खत्रीले वातावरण तथा विपद् ब्यवस्थापन समितिको प्रतिवेदन, राजकुमार जोशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनउपर गहन छलफलपश्चात सभा अध्यक्ष बासुदेव थापाले निणयार्थ पेश प्रतिवेदनहरु सर्वसम्मत पारित भएका हुन ।
नगरसभाबाट आर्थिक प्रथम संशोधन विधेयक २०८०, नगर खेलकूद ब्यवस्थापन विधेयक २०८०, सार्वजनीक निजी साझेदारी तथा लगानी विधेयक २०८० आारभूत स्वास्थ्य तथा सरसफाई ब्यवस्थापन विधेयक २०८० र विवाद निरुपण सम्बन्धी विधेयक २०८० गरि पाँच वटा विधेयक र एक वटा कार्यसञ्चालन नियमावली २०८० पारित भएको हो ।
नगरसभामा नगरसभा सदस्यहरुसहित सदस्य सचिव तथा प्रमुख प्रसाशकीय अधिकृत तारानाथ लुइँटेल, विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरु तथा कर्मचारीको सहभागिता रहेको थियो ।
नगरसभाका महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनीक गरिने नगर प्रवक्ता रविन्द्र सापकोटाले बताए ।
तस्वीरमा..

