भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कोशीमा गठबन्धनका उम्मेदवार सिटौला

कोशीमा गठबन्धनका उम्मेदवार सिटौला

विराटनगर । कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटौलाले उम्मेदवारी दर्ता गराएका हुन । सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन्।

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछ।

सिटौलाले सोमबार कोशी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवार दर्ता गराएका हुन्। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

 


Thali Mobile Pvt.Ltd.