भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ ।

चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् । सामान्यतया यो बेला अरू समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङका अशोक खतिवडाले बताए । पाथीभरा जाने मार्गको ३ हजार १ सय मिटर उचाइमा पर्ने माथिल्लो फेदीदेखि नै हिमपात भएको उनको भनाइ छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ । आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको उनले बताए । अबका केही सातासम्म पाथीभरा क्षेत्रमा हिमपात हुन्छ । यसका साथै आसपासका गाउँ बस्ती पनि हिउँमय हुने गरेका छन् । हिमपात भएपछि बाटो चिप्लो हुने गरेकाले तीर्थयात्रुहरु जाने क्रम यो बेला निकै कम हुने गरेको स्थानीय दुर्गा खनालले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.