भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी

गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी

एजेन्सी । कम्तीमा ५१ जना प्यालेस्टिनी महिलालाई इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट पक्राउ गरेको छ । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स–प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले हिजो संयुक्त विज्ञप्ति निकालेर ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको जनाएको छ ।

इजरायलले मानवअधिकार सङ्गठनका प्रतिनिधिलाई बन्दीलाई भेट्न र अवस्थाबारे बुझ्न रोकेको आरोप छ । साथै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई पहुँच दिन पनि अस्वीकार गरेको खबरमा उल्लेख छ । इजरायलले गाजाबाट पक्राउ गरी बन्दी बनाएकाहरुलाई गैरकानुनी लडाकुको दर्जा दिएको छ ।

पक्राउ पर्नेमा ८२ वर्षीया महिलासहित उनका आफन्त पनि रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पक्राउ गरिएका महिलाले यातना र अपमानको सामना गर्नुपरेको र गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी समेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.