भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

मुगुमा यार्सा सङ्कलनमा गएका चार जनाको मृत्यु, केही सिकिस्त विरामी

मुगुमा यार्सा सङ्कलनमा गएका चार जनाको मृत्यु, केही सिकिस्त विरामी

मुगु । लेक यार्सा टिप्न गएका चार जनाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलन गर्न गएका मुगु जिल्लाका चारजनाको मृत्यु भएको हो । बितेका दुई दिनमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

मुगुमा यस वर्ष यार्सागुम्बा सङ्कलन गर्न गएका छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको र तल्लेखकै जीवन बुढाको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर एक जना सिकिस्त बिरामी परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.