भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

जहाजभित्र इन्धनको गन्ध आएपछि धावनमागर्गबाटै फर्काईंयो श्री एयरको विमान

जहाजभित्र इन्धनको गन्ध आएपछि धावनमागर्गबाटै फर्काईंयो श्री एयरको विमान

काठमाडौं । श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइएको छ। काठमाडौंबाट धनगढी उड्न लागेको उक्त विमान धावनमार्गबाटै फर्काइएको हो ।

काठमाडौं बाट बिहान ८ः२५ मा उडिसक्नु पर्ने जहाजका यात्रुहरु भने अलपत्र परेका छन्। उनीहरुलाई अर्को जहाजमार्फत गन्तब्यमा पुर्‍याउन पहल गरिरहेको श्री एयरले जनाएको छ ।

एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान जहाज धावनमार्गबाट पुनः पार्किङमै फर्काइएको हो। जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको श्री एअरलाइन्सले पुष्टि गरेको छ।

 


Thali Mobile Pvt.Ltd.