भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन | निकुञ्जमा मात्र सीमित छैनन् वन्यजन्तु, आसपासका सामुदायिक वनमा पनि देखिन्छन् |

चक्रवातका कारण श्रीलङ्कामा मृत्यु ४७९, ३५० अझै बेपत्ता।

चक्रवातका कारण श्रीलङ्कामा मृत्यु ४७९, ३५० अझै बेपत्ता।

एजेन्सी, मंसिर १८ । श्रीलङ्कामा आएको विनाशकारी चक्रवात र मौसमी विपद्को कारण मृत्यु हुनेको संख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जानकारी दिएको छ ।

अझै ३५० जना बेपत्ता रहेका छन् भने राष्ट्रव्यापी रूपमा ४,५५,४०५ परिवारका १६ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। डिएमसीका अनुसार विपत्तिले १,२८९ घर पूर्ण रूपले ध्वस्त बनाएको छ भने ४४,५०० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

साथै कृषि सेवा विभाग अन्तर्गतका १,७७७ ट्याङ्की, ४८३ बाँध, १,९३६ नहर, र ३२८ सडक क्षतिग्रस्त भएको विवरण सार्वजनिक गरिएको छ। यसबीच, चिनियाँ नेतृत्वले श्रीलङ्कामा आएको विनाशकारी बाढीप्रति शोक व्यक्त गर्दै आवश्यक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

श्रीलङ्काको अनुरोधमा चीनले नगद अनुदान, लाइफ ज्याकेट, टेन्ट लगायतका आपतकालीन सामग्री पठाउने निर्णय गरेको हो। त्यस्तै, एसियाली विकास बैंक (ADB) ले श्रीलङ्कालाई आपतकालीन अवस्थामा सहयोग गर्न ३० लाख अमेरिकी डलरको अनुदान स्वीकृत गरेको छ।

 


Thali Mobile Pvt.Ltd.