भर्खरै : Sorry, your browser does not support inline SVG.

श्रीलङ्कामा हावाहुरीका कारण सात जनाको मृत्यु, ४२ हजार प्रभावित

श्रीलङ्कामा हावाहुरीका कारण सात जनाको मृत्यु, ४२ हजार प्रभावित

काठमाडौं। श्रीलङ्कामा हिजो आएको हावाहुरीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । प्रतिकूल मौसमका कारण मुलुकभर ४२ हजार ६०४ जना प्रभावित भएका छन् ।

हुरीसँगै आएको वर्षाका कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर गर्दै कम्तीमा ५०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का निर्देशक प्रदीप कोडिपिलीले जानकारी दिए। हुरीका कारण ढलेका रूख र भाँचिएका रूखका हाँगाले लागेर कम्तीमा सात जनाको मृत्यु भएको र तीन हजार १३७ घरमा क्षति पुगेको उनले बताए।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी दिनमा देशका केही भागमा वर्षा जारी रहने जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.