भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

भक्तपुर चोरी भाग्दै गरेको अवस्थामा दुईजना पक्राउ, उनीहरुको साथबाट गरगहना बरामद

भक्तपुर चोरी भाग्दै गरेको अवस्थामा दुईजना पक्राउ, उनीहरुको साथबाट गरगहना बरामद

भक्तपुर । भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ मा दराज फुटाई चोरी गरी भाग्दै गरेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरिएको हो ।

स्थानीय भुवन खत्रीको घरमा चोरी भएको खवर प्राप्त हुनासाथ तत्काल प्रहरी प्रभाग व्यासीको टोलीले उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

घटनास्थलमा परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला घर हाल काठमाण्डौं जिल्ला टेकु बस्ने राजेश भुजेल । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ६ बस्ने समिर श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट सुनको चुरा ३ थान, सुनको चन्द्रमा–१ थान, सुनको औठी–१ थान, सुनको नेक्लेस–१ थान, सुनको कानमा लगाउने मुन्द्रा–१ थान, तिलहरी– १ थान,सुनको पुतली–१ थान, सुनको रानीहार–१ थान, चाँदीको पाउजु–१ जोर, नगद रकम रु १ हजार २ सयम ६६ रुपैयाँ, ताल्चा फुटाउन प्रयोग गर्ने फलामको छिनो–१ थान प्रहरीले बरामद गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.